aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

युक्रेनको स्टिल उद्योगबाट ५० जनालाई बाहिर निकालिएको रुसको दावी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १८ बैशाख २०७९
युक्रेनको स्टिल उद्योगबाट ५० जनालाई बाहिर निकालिएको रुसको दावी
फाइल तस्विर

मस्को ।  युक्रेनको मारिउपोलमा रहेको स्टिल उद्योगमा थुनिएका झण्डै ५० जनालाई बाहिर निकालिएको छ । रुसको रक्षा मन्त्रालयले उनीहरूलाई स्टिल उद्योगको भवनबाट बाहिर निकालिएको आइतबार जानकारी दिएको छ ।

“यही अप्रिल ३० मा मानवीयतालाई ध्यान दिँदै र अन्तर्राष्ट्रिय समुदायको कुरालाई समेत मानेर हामीले उनीहरूलाई सकुशल भवनबाट बाहिर निकालेका छौँ,” मन्त्रालयले भनेको छ ।    ती मध्ये २५ जनाले दिउसोतिर त्यो ठाउँ छोडेका थिए भने बेलुकातिर २१ जनाले छोडेका थिए । त्यसपछि उनीहरूलाई मारिउपोलबाट रुस तर्फ जाने बाटोमा पर्ने रुसको सिमानामा रहेको बेजिमेन्नीमा लगिएको छ ।
 
युद्धविरामको समयमा ती सर्वसाधारणहरूलाई घेराबन्दीमा रहेको मारिऊपोल स्थित एजोभस्टाल उद्योग परिसरबाट उद्धार गरिएको रुस र युक्रेन दुवैले पुष्टि गरेका छन् । अघिल्लो हप्ता रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उक्त उद्योग क्षेत्रलाई घेराबन्दी गर्न आदेश दिएपछि उनीहरु थुनिएका थिए ।  थुनामा रहेका अन्य झण्डै एक हजार सर्वसाधारणहरूलाई बाहिर निस्कन दिने बारेमा अहिले पनि वार्ता भइरहेको  छ ।  एएफपी

प्रतिक्रिया दिनुहोस