aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

बंकरमा फसेका यूक्रेनी नागरिकलाई २ महिनापछि बल्ल बाहिर निकालियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १९ बैशाख २०७९
बंकरमा फसेका यूक्रेनी नागरिकलाई २ महिनापछि बल्ल बाहिर निकालियो

काठमाडौं । यूक्रेनको युद्धग्रस्त शहर मारिपोलमा भवनमुनिको बंकरमा फसेका नागरिकको उद्धार भएको छ । मारिपोल गएको सातादेखि यूक्रेनी र रुसी सैनिकको कब्जामा छ । मारिपोल युद्धको महत्वपूर्ण क्षेत्र ‘अजोन्वस्टल स्लिलवक्र्स’ क्षेत्रलाई पनि नागरिकहरुले छोडेका छन्। यो ठाउँमा पछिल्लो समय यूक्रेनी सेनाको पकड रहेको छ ।

रुसले सयौँको संख्यामा नागरिकहररू रुसको नियन्त्रणमा रहेको गाउँमा आइपुगेको जनाएको छ। संयुक्त राष्टसंघले युद्धग्रस्त क्षेत्रमा फसेका नागरिकलाई निकाल्ने काम शनिबारदेखि शुरु भएको जनाएको छ। संयुक्त राष्ट संघले उद्धार गरिएका नागरिकहरुलाई कता राखिएको बारेमा जानकारी नभएको जनाएको छ।

मारिपोलमा बंकरबाट बाहिर निस्किएकी ६ सन्तानकी आमाले २ महिनापछि बाहिर निस्किएको बताएकी छन् ।

संयुक्त राष्ट्रसंघका अनुसार सयौँको संख्यामा अझै नागरिकहरु बंकरमा फसेका छन् । यूक्रेनका एक सुरक्षा गार्डका अनुसार अझै दुई ओटा बंकरमा धेरै नागरिकहररू फसेका छन् । उनले फसेका यूक्रेनीहरुले के भोगीरहेका छन्, त्यो कसैले कल्पना गर्न नसक्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस