aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

झुटा विवरण पेश गरि बनाएका दुइजनाका नागरिकता खारेज

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २० साउन २०७६
झुटा विवरण पेश गरि बनाएका दुइजनाका नागरिकता खारेज

काठमाडौं । सरकारले झुटो विवरण पेश गरी नागरिकता लिने आठ जनाको नागरिकता खारेज गरेको छ ।विहीबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय आइतबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचनाप्रविधि मन्त्री गोकुल बा“स्कोटाले सो जानकारी दिएका हुन् । 

बैठकले अशोक साह, विन्दे महतो, दानदेवी महतो, सोशील महतो, राजेन्द्र महतो, राजेश्वर महतो, रामकिशोर महतो र राजकुमार महतोको नागरिकता खारेज गरेको हो। यस्तै बैठकले खुल्ला विश्वविद्यालयलाई शिक्षक तथा विद्यार्थी आदानप्रदानका लागि भिसा शुल्क छुट दिने निर्णय गरेको छ।

आर्थिक वर्ष २०७६र७७ का लागि कर्मचारी तथा शिक्षकको नयँ“ तलबमान तोक्ने र प्रदेश तथा स्थानीय तहमा समायोजन भएका कर्मचारीको आर्थिक वर्ष २०७५÷७६ को तलबमान निर्धाण गर्ने निर्णय गरेको मन्त्री बाँस्कोटाले जानकारी दिए । यो समाचार आजको नेपाल समाचारपत्रमा छ । 

प्रतिक्रिया दिनुहोस