aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

कोरला र हिल्सामा चिनियाँ चासो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २० साउन २०७६
कोरला र हिल्सामा चिनियाँ चासो

उपल्लो मुस्ताङसँग जोडिएको कोरला नाका खोल्न चीनले पुनः चासो देखाएको छ । यही विषयमा गण्डकी प्रदेश सरकार र चिनियाँ प्रतिनिधि आइतबार पोखरामा छलफलमा जुटे ।
प्राध्यापक वाई ड्युङ लिउको नेतृत्वमा रहेको चिनियाँ टोलीले नाका खोल्ने सम्भावनासँगै यसबाट बढ्न सक्ने आर्थिक र धार्मिक गतिविधिबारे चासो राखेको थियो ।
जवाफमा प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेतले नाका खोल्न प्रदेश सरकार तत्पर रहेको र संघ सरकारलाई अनुरोध पठाइसकिएको जानकारी गराए । यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ।

प्रतिक्रिया दिनुहोस