aarthiknews.com शनिबार, ३२ जेठ २०८२   Saturday, 14 June, 2025
 

ओलाङ्चुंगोला नाका नखुल्दा खाद्यान्न आपूर्तिमा समस्या

  • आजको आर्थिक अभियान दैनिकबाट
    आजको आर्थिक अभियान दैनिकबाट
  • मंगलबार, २० बैशाख २०७९
ओलाङ्चुंगोला नाका नखुल्दा खाद्यान्न आपूर्तिमा समस्या

ताप्लेजुङ । ताप्लेजुङको ओलाङ्चुंगोला नाका तीन वर्ष पुग्न लाग्दा समेत खुल्न सकेको छैन । चीनबाट फैलिएको कोरोना भाइरस संक्रमण विभिन्न राष्ट्रमा बढ्दै गएपछि बन्द भएको नाका नखुल्दा जिल्लाको उत्तरी क्षेत्रमा खाद्यान्न लगायत वस्तुको आपूर्ति र अन्तरदेशीय व्यापार प्रभावित भएको छ ।

कोरोना भाइरस सीमावर्ती हुँदै छिमेकी मुलुकमा समेत फैलन सक्ने भनी चीनले नाकामा आवतजावत बन्द गराएको थियो । गत माघ १६ गते चीनको तिब्बतस्थित रिउ प्रशासनबाट केही अवधिसम्मका लागि आवतजावत नगर्नरनगराउन जानकारी आएको फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुंगोलाका वडाध्यक्ष छेतेन शेर्पाले बताए ।

सडक निर्माणका लागि आएका चिनियाँ कामदारको टोली फर्किएलगत्तै रिउ प्रशासनबाट आवतजावतमा रोक लगाउन अनुरोध भएको थियो । आफ्नो देशमा कोरोना भाइरसको संक्रमण फैलिएको र आवतजावतका कारण अन्यत्र समेत फैलन सक्ने भनी यसबाट बच्न केही समयसम्मका लागि आवतजावतमा रोक लगाइदिन रिउ प्रशासनबाट अनुरोध भएसँगै नाका बन्द भएको थियो ।

प्रतिक्रिया दिनुहोस