aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

ठेकेदारको स्वार्थमा नियमावली नै संशोधन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २० साउन २०७६
ठेकेदारको स्वार्थमा नियमावली नै संशोधन

काठमाडौं । सरकारले सार्वजनिक खरिद नियमावली आठौंपटक संशोधन गर्दै पूरा नभएका सबै ठेक्कालाई एक वर्ष म्याद थप गर्न सकिने प्रावधान राखेको छ ।
निर्माण व्यवसायीले भने आफ्नो अनुरोधअनुसार नियमावली संसोधन भएको भन्दै सरकारलाई धन्यवाद दिएका छन् ।

आठौं संशोधनले जेठ २३ गते अघि सम्झौता भएका तर काम नसकिएका ठेक्काको म्याद एक वर्ष थप गर्न बाटो खोलिदिएको छ ।

‘जेठ २३ अघि खरिद सम्झौता भई कार्य सम्पन्न हुन नसकी म्याद थपका लागि निवेदन परेका सम्झौताको हकमा बढीमा एक वर्षका लागि एक वर्षको म्याद थप गर्न सक्नेछ,’ संशोधित व्यवस्थामा भनिएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ।

प्रतिक्रिया दिनुहोस