aarthiknews.com विहीबार, १२ असार २०८२   Thursday, 26 June, 2025
 

बाह्रदशी ४ को वडा सदस्यमा स्वतन्त्रबाट बानियाँको उम्मेदवारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २० बैशाख २०७९
बाह्रदशी ४ को वडा सदस्यमा स्वतन्त्रबाट बानियाँको उम्मेदवारी

काठमाडौं । वैशाख ३० गते हुने स्थानीय चुनावका लागि झापाको बाह्रदशी गाउँपालिका वडा नं. ४ मा वडा सदस्य पदमा बलबहादुर बाँनियाले उम्मेदवारी दिएका छन् । वडाध्यक्ष पदमा महताब आलमसहित पाँच जनाको प्यानलले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।   

बाँनियाले सो वडाको खुल्ला वडा सदस्यमा उम्मेदवारी दिएका हुन् । त्यस्तै, विवेक कुमार गणेशले पनि खुल्लाबाट नै सो वडाको वडा सदस्यमा उम्मेदवारी दिएका छन् भने कल्पना श्रेष्ठले वडा महिला सदस्य र सुमित्रादेवी मोचीले दलित महिला वडा सदस्यमा उम्मेदवारी दिएका छन् । 

स्वतन्त्रबाट उम्मेदवारी दिएका यी उम्मेदवारहरुले चुनाव चिन्ह गुलाव रहेको छ । उनीहरु ‘दल होइन स्वतन्त्र रोजौं, राजनीति पेशा होइन सेवा बनाऔं’ भन्दै घरदैलो अभियानमा जुटिरहेका छन् ।   

उम्मेदवारी घोषणा गर्दै उनीहरुले सरकारबाट तलब नलिने, सरकारी सवारी साधन नचढ्ने र स्थानीय निकायमा भ्रष्टचार गर्न नदिने प्रतिवद्धता समेत जनाएका छन् ।  

प्रतिक्रिया दिनुहोस