aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

प्रविधिले झन उत्पादन घटायो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २० साउन २०७६
प्रविधिले झन उत्पादन घटायो

झापा घैलाडुब्बाका घनश्याम प्रसाईको एक विगाह जग्गा छ । केही वर्षअघिसम्म गोरु र राँगाको प्रयोग गरेर प्रत्येक वर्ष १ सय मनभन्दा बढी धान उत्पादन गर्दै आएका प्रसाई अहिले जग्गाको उत्पादकत्व घटेको बताउँछन् ।
अहिले सोही जमिनको धान उत्पादन ६० प्रतिशत मात्रै रहेको प्रसाईले बताए । उपलब्ध कृषि यन्त्रको प्रयोगबाट धान खेती गर्दा लागत नै नउठ्ने गरेको उनी सुनाउछन् ।
सरकारले कृषिलाई यान्त्रिकरण गर्ने प्रमुख नीति नै बनाएको छ । थोरै जनशक्तिको प्रयोग गरेर धेरै उत्पादन गर्नका लागि यान्त्रिकरण अनिवार्य बनेको छ ।
आधुनिक कृषि औजार भित्र्याउन सरकारले भन्सारमा छुट समेत दिएको छ । तर आधुनिक उपकरणको प्रयोगले खेती गर्दा उत्पादकत्व भने घटिरहेको तथ्य सरोकारवालाले अनुमान समेत गरेका छैनन् । यो समाचार आजको कारोबार दैनिकमा छापिएको हो ।

प्रतिक्रिया दिनुहोस