aarthiknews.com विहीबार, १२ असार २०८२   Thursday, 26 June, 2025
 

राहुल गान्धी चिनियाँ राजदूत यान्छीसँगको भिडियो भाइरल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २१ बैशाख २०७९
राहुल गान्धी चिनियाँ राजदूत यान्छीसँगको भिडियो भाइरल
तस्विरः भास्कर दैनिक

एजेन्सी ।  भारतीय कांग्रेसका नेता राहुल गान्धी विदेश भ्रमणको क्रममा नेपालमा रहेका छन् । उनी अहिले निकै चर्चामा छन् । नेपालमा एउटा पबको भिडियो भाइरल भएको छ । जसमा राहुल एक चिनियाँ महिलासँग देखिएका छन् । यी महिला नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी भएको दाबी गरिएको छ ।

नेपालमा केपी शर्मा ओलीको सरकार हुँदा याङ्कीले यहाँ भारत विरोधी अभियान चलाएको भन्दै भारतीय सञ्चार माध्यमले उनीसँग जोडेर बदनाम गरेका थिए ।  कांग्रेसका पूर्व अध्यक्ष राहुल गान्धीको नेपालको एउटा पबमा भएको भिडियो भाइरल भइरहेको छ । नेपालको यो प्रसिद्ध पब LOD-Lord of Drinks भएको दाबी गरिएको छ ।

राहुलसँगै रहेकी महिला नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी भनिएको छ । भाइरल भिडियो २०२२ मे २–३ को राति काठमाडौं निवासी भुपेन कुँवरले फेसबुकमा शेयर गरेका छन ।

एक भिडियोमा राहुल गान्धी आफ्नो फोनमा व्यस्त छन् । दोस्रो भिडियोमा उनी केटीसँग उभिएर कानमा केही भन्दै छन् । यस भिडियोमा कांग्रेस प्रवक्ता रणदीप सुरजेवालाले राहुल गान्धी मित्र राष्ट्र नेपालमा एक साथीको विवाहमा गएको बताएका छन । जो एक पत्रकार पनि हुन् । साथीभाइ र परिवार हुनु, विवाहमा जानु पनि हाम्रो संस्कृतिको हिस्सा हो । 

प्रतिक्रिया दिनुहोस