
एजेन्सी । युक्रेन युद्धमा हजारौंले ज्यान गुमाएका छन् भने लाखौं पलायन हुन बाध्य भएका छन् । यति धेरै भएपछि पनि युद्धको ज्वाला घटिरहेको छैन । यस्तो अवस्थामा अब सबैभन्दा ठूलो इसाई धर्मगुरु पोप फ्रान्सिसले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्ने इच्छा व्यक्त गरेका छन् ।
पोप फ्रान्सिसले युक्रेन युद्धलाई रुवाण्डाको नरसंहारसँग तुलना गरेका छन् । इटालियन पत्रिकासँग कुरा गर्दै उनले भने–अहिलेसम्म पुटिनबाट कुनै जवाफ आएको छैन । युक्रेनको प्रश्नमा उनले भने, ‘अहिलेका लागि म कीभ जाँदिनँ । मलाई लाग्छ कि म जानु हुँदैन। म मस्को गएर पहिले पुटिनलाई भेट्नुपर्छ।
प्रतिक्रिया दिनुहोस