aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

रतन टाटालाई 'भारत रत्न’ प्रदान गर्न व्यापारीहरुकै माग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २२ बैशाख २०७९
रतन टाटालाई 'भारत रत्न’ प्रदान गर्न व्यापारीहरुकै माग

एजेन्सी । बिरला प्रेसिजन टेक्नोलोजी (बीपीटी) का एमडी वेदान्त बिर्लाले रतन टाटालाई भारत रत्नको माग गरेका छन् । असममा क्यान्सर अस्पतालको उदघाटनमा रतन टाटाले निकै भावुक भाषण दिएका थिए । अङ्ग्रेजीमा मन्तव्य सुरु गर्दै उनले जीवनको अन्तिम वर्ष स्वास्थ्यमा समर्पित गरेको बताए ।

वेदान्त बिर्लाले ट्वीट गर्दै रतन टाटा जस्ता महापुरुषलाई यसरी बुढ्यौली भएको देखेर निकै दुःख लागेको बताएका छन् । उनले भने, हाम्रो देशको लागि उहाँको योगदान अतुलनीय छ । उहाँ ’भारत रत्न’ को हकदार हुनुहुन्छ ।’

प्रधानमन्त्री नरेन्द्र मोदीले आसामको डिबु्रगढमा क्यान्सर उपचार केन्द्रको उदघाटन गरेका छन् । सो अवसरमा उद्योगपति रतन टाटाले आफ्नो जीवनको अन्तिम वर्ष स्वास्थ्यमा समर्पित गर्ने घोषणा गरेका थिए । क्यान्सर अस्पतालको उदघाटनमा प्रधानमन्त्री मोदी, असमका मुख्यमन्त्री हेमन्त विश्व शर्मा, पूर्व मुख्यमन्त्री सर्वानन्द सोनोवाललगायतको उपस्थिति रहेका थिए ।

रतन टाटाले भने– म हिन्दी बोल्न सक्दिन, त्यसैले अंग्रेजीमा बोल्छु– भन्दै क्यान्सर अस्पतालको उदघाटनमा रतन टाटाले अंग्रेजीमा सम्बोधन सुरु गर्दै हिन्दीमा भाषण नगरेकोमा माफी मागेका थिए । केही समय अंग्रेजीमा बोलेपछि रतन टाटाले आफूलाई रोक्न सकेनन् र टुटेको हिन्दीमा बोल्न थाले । यस क्रममा उनले भने– जे भन्छन्, मनबाट नै भन्छन ।

रतन टाटालाई भारत रत्न दिने माग यसअघि नै उठेको थियो । राकेश नामका व्यक्तिले रतन टाटालाई भारत रत्न दिन माग गर्दै याचिका दायर गरेका थिए । राकेशले आफूलाई सामाजिक कार्यकर्ताको रुपमा व्याख्या गरेका छन् । उनले भने कि टाटा भारत रत्नको हकदार छन् किनभने उनले देशको सेवा गरिरहेका छन् । याचिकामा कोरोना महामारीका बेला रतन टाटाको योगदान पनि उल्लेख गरिएको थियो ।

दिल्ली उच्च अदालतले उद्योगपति रतन टाटालाई भारत रत्न प्रदान गर्न माग गर्ने याचिका खारेज गरेको थियो। उच्च अदालतका कार्यवाहक प्रधानन्यायाधीश विपिन सांघी र न्यायाधीश नवीन चावलाको इजलासले कुनै पनि व्यक्तिलाई भारत रत्न दिन निर्देशन दिनु अदालतको काम नभएको बताएको थियो।

टाटाले पद्मविभूषण प्राप्त गरेका छन् टाटा समूहका पूर्व अध्यक्ष रतन टाटालाई भारत सरकारले सन् २००० मा पद्मभूषण र सन् २००८ मा भारतको तेस्रो सर्वोच्च नागरिक पुरस्कार पद्मविभूषणले सम्मानित गरेको थियो । २००६ मा महाराष्ट्र सरकारद्वारा प्रदान गरिएको सर्वोच्च पुरस्कार महाराष्ट्र भूषण पुरस्कार हो र २०२१ मा असम वैभव सम्मान असम सरकारले प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस