aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

कुन मुलुकसँग कति सुपर कम्प्युटर ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २० साउन २०७६
कुन मुलुकसँग कति सुपर कम्प्युटर ?

सुपर कम्प्युटर भन्नेबित्तिकै विशेष काम गर्ने शक्तिशाली कम्प्युटर भन्ने हामी बुझ्छौं । आधुनिक विश्वको विकासका लागि सुपरकम्प्युटर निकै महत्त्वपूर्ण मानिन्छ । त्यसैले अहिले धेरै मुलुक यसको विकास तथा विस्तारमा अघि बढिरहेका छन् ।
विज्ञान तथा प्रविधि जगत्मा सुपरकम्प्युटर अत्यावश्यक साधनको रूपमा प्रयोग हुने गरेको छ । गाडी डिजाइनदेखि मौसमको अनुमान तथा नयाँ औषधिको खोजीका लागि यसबाट महत्त्वपूर्ण सहयोग पुगेको छ ।
सुपरकम्प्युटरको विस्तारका लागि विकसित मुलुकहरूले ठूलो खर्च गर्दै आएका छन् । टप ५०० प्रोजेक्ट नामक संस्थाले प्रत्येक २ वर्षमा विश्वभरको सुपरकम्प्युटरिङसँग जोडिएका आँकडा सार्वजनिक गर्दै आएको छ । यसका अनुसार सबैभन्दा धेरै सुपरकम्प्युटर अमेरिकासँग छ । विश्वको सबैभन्दा तीव्र गतिको सुपरकम्प्युटरमा अमेरिकाको हिस्सा ४२ प्रतिशत छ । यसमा चीनको हिस्सा ८ प्रतिशत मात्र छ । भारत, दक्षिण कोरिया, रूसजस्ता मुलुकको हिस्सा समान २ प्रतिशतको हाराहारीमा छ ।
विश्वका प्रमुख ५ सय सुपरकम्प्युटरको सूचीमा २ सय ३३ अमेरिकी कम्प्युटर्स छन् । यसले अमेरिका संख्यागत हिसाबमा पनि अगाडि रहेको देखिन्छ । अमेरिकाले अहिले प्रस्ताव गरेको सुपरकम्प्युटरको प्रयोगले वार्षिक ९ अर्ब ६० करोड नेपाली रुपैयाँबराबरको बिजुलीको बिल उठ्नेछ । चीनको तछाइन्हे–२ सुपरकम्प्युटर्सले १ सेकेन्डमा ३ लाख ३८ हजार ६ सय हिसाब गर्न सक्छ ।
सुपरकम्प्युटरको प्रयोग
सुपरकम्प्युटरको सम्बन्ध कुनै पनि मुलुकको प्रगतिसँग जोडिएको हुन्छ । जहाँ निकै तीव्र गतिमा गणना गर्नुपर्ने हुन्छ, त्यहाँ सुपरकम्प्युटरको प्रयोग हुन्छ ।
मौसम विज्ञान स् मौसम वा प्राकृतिक विपत्तिको पूर्वानुमानमा सुपरकम्प्युटरको निकै ठूलो भूमिका रहने गरेको छ । किनकि मौसमको जानकारीका लागि धेरै तथ्यांकहरूको गणना तथा विश्लेषण आवश्यक पर्छ ।
चिकित्सा क्षेत्र स् चिकित्सा क्षेत्रमा यसको उपयोग विभिन्न रोगसँग सम्बन्धित अनुसन्धानमा हुने गरेको छ । उदाहरणका लागि, स्वाइनफ्लूको नमूना परीक्षणमा यसको प्रयोग गरिन्छ ।
उद्योग स् सुपरकम्प्युटरले तेल वा ग्यासको नयाँ स्रोत खोज्न सघाउँछ । साथै उत्पादनको डिजाइन तथा मोडल तयार गर्न पनि यसको सहायता लिइन्छ ।
सुरक्षा स् न्यूक्लियर परीक्षण, मिसाइल प्रक्षेपण लगायतका धेरै तथ्यांक कम समयमा प्रशोधन गर्न पनि सुपरकम्प्युटरको प्रयोग गरिन्छ । यसबाट वैज्ञानिकहरूलाई निकै ठूलो सघाउ पुग्दै आएको छ ।
कसरी गर्छ काम ?
कम्प्युटरलाई कुनै तथ्यांक वा विवरण दिइयो भने प्रशोधन गरेर त्यसले नतीजा निकाल्न सक्छ । साधारण कम्प्युटले यसैगरी काम गर्छ । तर सुपरकम्प्युटरले निकै कठिन सयौं काम र हजारौं–लाखौं गणना एकैचोटि गर्न सक्छ । यो निकै ठूलो पनि हुन्छ । सन् १९६० मा सुपरकम्पयुटरको निर्माण शुरू गरिएको थियो । यो समाचार आजको अभियान दैनिकमा छापिएको हो ।

प्रतिक्रिया दिनुहोस