aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

एकै कम्पनीमा सबैभन्दा लामो समय काम गरेर नयाँ विश्व कीर्तिमान

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २२ बैशाख २०७९
एकै कम्पनीमा सबैभन्दा लामो समय काम गरेर नयाँ विश्व कीर्तिमान

एजेन्सी । विश्वमा सबैभन्दा लामो समय एउटै कम्पनीमा काम गर्ने कीर्तिमान एक वृद्धले बनाएका छन् । ब्राजिलमा बस्ने वाल्टर ओर्थम्यान १०० वर्षका भइसकेका छन् । उनले एउटै कम्पनीमा ८४ वर्ष काम गरेर नयाँ विश्व रेकर्ड बनाएका हुन । यसका लागि उनको नाम गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ता भएको छ । ओर्थम्यानले भर्खरै गत हप्ता आफ्नो १०० औं जन्मदिन मनाए ।

अप्रिल १९, १९२२ मा ब्राजिलको ब्रस्कको एउटा सानो सहरमा भएको थियो । वाल्टर सुरुदेखि पढ्नमा धेरै राम्रो थियो । उनको मानसिक क्षमता निकै तेज थियो र उनी कुनै पनि काममा ध्यान दिन्थे । १५ वर्षको उमेरमा, उनले आफ्नो परिवारलाई आर्थिक सहयोग गर्न काम गर्न थाले ।

अप्रिल १९ मा, ओर्थम्यानले आफ्नो १०० औं जन्मदिन मनाएका छन । उनलाई १७ जनवरी १९३८ मा कपडा कम्पनी इन्डस्ट्रिज रेनोक्सले काममा लिएको थियो । अब यो कम्पनी Renox View  को रूपमा चिनिन्छ । उनी चाँडै बढुवा भए र बिक्री प्रबन्धक भए । त्यसयता उनी कम्पनीमा बिक्री प्रबन्धक छन् । विगत ८४ वर्षदेखि कम्पनीमा काम गर्दै आएका छन् । जुन कम्पनीमा सबैभन्दा लामो समय काम गरेर गिनिज बुक अफ वल्र्ड रेकर्डमा छ ।

आफूलाई फिट राख्न दैनिक स्ट्रेचिङ गर्ने र खानपानमा विशेष ध्यान दिने वाल्टर बताउँछन् । आन्द्रालाई हानि पु¥याउने यस्ता चिज खानबाट टाढै राख्छन् । वाल्टर भन्छन्, 'म भोलिको लागि धेरै सोचेर र योजना बनाउँदैन। म सोच्न सक्छु भोलि एउटा नयाँ दिन हुनेछ जसमा म उठ्नेछु । व्यायाम गर्नेछु र काममा जान्छु । भूत र भविष्यमा होइन वर्तमानमा व्यस्त हुनुपर्छ ।'

प्रतिक्रिया दिनुहोस