aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

यी महिला, जो पुटिनका लागि सबैभन्दा विशेष बनिन्

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २२ बैशाख २०७९
यी महिला, जो पुटिनका लागि सबैभन्दा विशेष बनिन्

एजेन्सी । रसियाको सबैभन्दा ठूलो जातीय अल्पसंख्यक, टाटार जातीय समूहबाट आएकी, एल्भिरा अबिउलिना रूसको शक्तिको गलियारेमा फ्रान्सेली भाषामा कविता वाचन र संकटको समयमा कडा कदम चाल्नका लागि परिचित छन्। उनी रुसको केन्द्रीय बैंकको प्रमुख हुने पहिलो महिला पनि हुन् । सन् २००० मा पुटिनले सत्तामा आएदेखि नै उनी उनको नजिकको सहयोगी थिइन्।

पुटिनले उनलाई आर्थिक विकास मन्त्री बनाए र पछि उनलाई सल्लाहकारहरूको टोलीमा समावेश गरे। जब उनलाई रूसको केन्द्रीय बैंकको प्रमुख बनाइयो। त्यसपछि २०१३ मा उनको करियरको टर्निङ प्वाइन्ट आएको थियो । केन्द्रीय बैंक रूस को सबैभन्दा महत्त्वपूर्ण संस्थाहरु मध्ये एक हो। यी वर्षहरूमा केन्द्रीय बैंकले धेरै चुनौतीहरूको सामना गर्नुपर्यो तर युक्रेन युद्ध सबैभन्दा ठूलो चुनौती हो।

प्रतिक्रिया दिनुहोस