aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

उम्मेदवारले गर्ने खर्चको अनुगमन गर्न शुरु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २३ बैशाख २०७९
उम्मेदवारले गर्ने खर्चको अनुगमन गर्न शुरु

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेदवारले बैंकमार्फत मात्र खर्च गरेको वा नगरेको अनुगमन गर्न थालेको छ। आयोगको निर्देशनअनुसार ७७ वटै जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन अधिकृतको कार्यालय, प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयले अनुगमन थालेको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले बताए।

आयोगले निर्वाचन आयोग ऐन, २०७३, निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ तथा निर्वाचन आचारसंहितालाई ख्याल गरी बैंकमार्फत मात्र खर्च गर्न आग्रह गर्दै आएको छ। 

निर्वाचन आयोग ऐन, २०७३ ले निर्वाचन खर्चसम्बन्धी व्यवस्थामा उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च गर्न बैंक वा वित्तीय संस्थामा खाता खोल्नुपर्ने उल्लेख छ। समाचारपत्रबाट

प्रतिक्रिया दिनुहोस