
एजेन्सी । भारतमा गाडी उद्योगमा गहिरिएको संकटका कारण २ लाख भारतीयहरुले रोजगारी गुमाएका छन् । फेडेरेसन अफ अटोमोबाइल डिलर(फाडा)का अनुसार भारतमा पछिल्लो तीन महिनामा अटो मोबाइल डिलरसिप स्टोर्सले दिएको तथ्यांक अनुसार २ लाख कर्मचारीलाई जागिरबाट निकालिसकेको छ ।
भारतभरी करिब १५ हजार डिलरका २६ हजार अटोमोबाइल शोरुमहरु रहेका छन् । यसमा करिब २५ लाखले प्रत्येक्ष रोजगारी पाएका छन् । करिब ५० हजार जनाले अप्रत्यक्ष रुपमा रोजगारी पाएका छन् ।
पछिल्लो आर्थिक वर्षमा भारतमा २७१ शहरमा २८६ शोरुम बन्द भइसकेका छन् । यसबाट मात्र ३२ हजार कामदार जागिरबाट निकालिएका थिए । जुन महिनामा भारतमा उत्पादन हुने सबै गाडीका सेग्मेन्टहरुको विक्रिमा १२.३५ प्रतिशतले गरिवट आइ ६०८५४०६ वटा युनिट मात्र विक्रि भएका छन् ।
प्रतिक्रिया दिनुहोस