aarthiknews.com शनिबार, ३२ जेठ २०८२   Saturday, 14 June, 2025
 

निजी क्षेत्रमा जाने १९ प्रतिशतले कर्जाको लक्ष्य पूरा नहुने

  • आजको कारोबार दैनिकबाट
    आजको कारोबार दैनिकबाट
  • शुक्रबार, २३ बैशाख २०७९
निजी क्षेत्रमा जाने १९ प्रतिशतले कर्जाको लक्ष्य पूरा नहुने

काठमाडौं । नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीले चालु वर्षको मौद्रिक नीतिमार्फत निजी क्षेत्रमा जाने १९ प्रतिशतको कर्जा लक्ष्य पूरा नहुने बताएका छन् ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाको पहिलो राष्ट्रिय सम्मेलनमा गभर्नर अधिकारीले आर्थिक वर्षको सुरुवातमा कर्जा बिस्तार ३२ प्रतिशतसम्म पुगेको र बैकिङ प्रणालीमा तरलता अभावका कारण कर्जा विस्तार हुन नसकेको कारण निजी क्षेत्रमा जाने १९ प्रतिशतको कर्जा लक्ष्य पूरा नहुने बताए । उनले १९ प्रतिशतको कर्जा विस्तारको लक्ष्य पूरा गर्न थप २ खर्ब ऋण बैंकहरुले बिस्तार हुनु पर्ने बताए ।

गभर्नर अधिकारीले बजारमा तरलता अभाव तथा अर्थतन्त्र चुनौतीपूर्ण रहेकाले पछिल्लो दुई महिनामा दुई खर्ब लगानी विस्तार हुन नसक्ने स्पष्ट पारे । उनले मुलुकमा चालु आर्थिक वर्षमा अत्याधिक रुपमा आयात बढेकाले विदेशी मुद्रा सञ्चितिमा चाप परेको बताए । उनले मुलुकमा भएको पैसा सबै आयातबाट मुलुक बाहिर गएकाले बजारमा तरलता अभावको समस्या देखिएको बताए ।

प्रतिक्रिया दिनुहोस