aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

युक्रेनको मारियुपोलबाट झण्डै ५ सय सर्वसाधारण विस्थापित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २३ बैशाख २०७९
युक्रेनको मारियुपोलबाट झण्डै ५ सय सर्वसाधारण विस्थापित

कीभ ।  संयुक्त राष्ट्रसंघको नेतृत्वमा उद्धार अभियान शुरु भएदेखि मारिउपोल शहर र यसको घेरामा परेको अजोभस्टल स्टिल प्लान्टबाट झण्डै ५०० नागरिकलाई बाहिर ल्याइएको युक्रेनको राष्ट्रपति कार्यालयका प्रमुखले शुक्रबार उल्लेख गरेका छन् ।

‘हामीले झण्डै ५०० नागरिकलाई त्यहाँबाट बाहिर निकाल्न सफल भएका छौं’ एन्ड्री येर्माकले टेलिग्राममा  उल्लेख गरेका छन् । उनले कीभले विनाशकारी शहरमा फसेका आफ्ना सबै नागरिक र सेनालाई बचाउनको लागि सबै उपाय अवलम्बन गर्नेछ र फसेका  नागरिकलाई  बाहिर ल्याउनेछ। 

प्रतिक्रिया दिनुहोस