aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

विश्वभरीको शेयर बजारमा ठूलो गिरावट, आईटीको शेयरमा बढी उतारचढाव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २३ बैशाख २०७९
विश्वभरीको शेयर बजारमा ठूलो गिरावट, आईटीको शेयरमा बढी उतारचढाव

एजेन्सी । विश्व शेयर बजारमा आएको गिरावटको असर नेपाल, भारत लगायतका  बजारमा पनि देखिएको छ । विहीबार नेपालको शेयर बजार करिब एक वर्षअघिकै विन्दु २२ सयमा नेपाल स्टक एक्स्चेञ्ज आइपुगेको छ । त्यस्तै, भारतको सेन्सेक्स र निफ्टी हप्ताको पाँचौं व्यापारिक दिन शुक्रबार भारी गरावट आएको छ । सेन्सेक्स १००० अंकभन्दा तल ५४,७०० तल छ । जबकि निफ्टी ३०० अंकको गिरावट संग १६,४०० तल झरेको छ ।

अमेरिकी बजारमा बिहीबार सन् २०२० यताकै सबैभन्दा ठूलो इन्ट्राडे गिरावट देखिएको छ । डाउ जोन्स १००० भन्दा बढी बिन्दुको गिरावटसँगै बन्द भयो । अमेरिकी फेड बैंकले ब्याजदर बढाएपछि अमेरिकी बजारमा यो गिरावट देखिएको हो । 

सेन्सेक्सका ३० मध्ये ४ वटा शेयर बढेका छन् भने २६ वटा घटेका छन् । सेन्सेक्सका ३० मध्ये ४ वटा शेयर बढेका छन् भने २६ वटा घटेका छन् । विश्वव्यापी शेयर बजार अवस्था डाउ जोन्स औद्योगिक औसत १,०६३.०९ अंक वा ३.१२ % घटेर ३२,९९७.९७ मा पुगेको छ । 

हङकङको इन्डेक्स ह्यान्सेङ ३ प्रतिशतभन्दा बढी तल झरेको छ । चीनको सांघाई इन्डेक्स पनि २ प्रतिशतभन्दा बढी घटेको छ । तर, जापानको इन्डेक्स निक्केई ०.५ प्रतिशतभन्दा बढी बढेको छ ।

प्रतिक्रिया दिनुहोस