aarthiknews.com सोमबार, २० जेठ २०८२   Monday, 02 June, 2025
 

अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ किलो सुनसहित चिनियाँ नागरिक पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २० साउन २०७६
अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ किलो सुनसहित चिनियाँ नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ किलो सुनसहित १ चिनियाँ नागरिक पक्राउ परेका छन् ।

ड्रागन एयरको फ्लाइट नम्बर के–१०४ मार्फत हङकङबाट नेपाल आएका एक चिनियाँ नागरिकको साथबाट ४ किलो सुन बरामद भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख (सहसचिव) गजेन्द्र कुमार ठाकुरले बताए ।

सुनसहित पक्राउ पर्ने चिनियाँ नागरिक २३ वर्षी ली लिङ छी छन् ।

उनले कपडाको बेल्ट (पेटी) बनाएर त्यसमा ४ ओटा सुनको बिस्कुट लगेजमा लुकाएर ल्याएका थिए ।

लेजग जाँचका क्रममा शंकास्पद लागेपछि खोलेर हेर्दा सुन देखिएको ठाकुरले जानकारी दिए । आइतबार राति १० बजे नै सुनसहित चिनियाँ नागरिकलाई पक्राउ गरिए पनि सोमबार बिहान ल्याब परीक्षण पछि मात्रै बरामद भएको वस्तु सुन हो भन्ने पुष्टि भएको ठाकुरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस