aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

विद्युतीय स्कुटरमा आगो लाग्नुको कारण पत्ता लाग्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २५ बैशाख २०७९
विद्युतीय स्कुटरमा आगो लाग्नुको कारण पत्ता लाग्यो

एजेन्सी । भारतमा विद्युतीय सवारीसाधनमा आगलागीका घटनाबारे सरकारी समितिको प्रतिवेदन सार्वजनिक भएको छ । जसमा आगलागीको कारण खुलाइएको छ । गत महिना ओकिनावा अटोटेक, बुम मोटर, प्योर ईभी, जितेन्द्र ईभी र ओला इलेक्ट्रिकका ई–स्कुटरमा आगलागी र ब्याट्री विस्फोट भएपछि समिति गठन गरिएको थियो ।

समितिले आफ्नो अनुसन्धानमा विद्युतीय सवारीका प्रायः सबै ब्याट्री सेल र डिजाइनमा त्रुटि फेला पारेको छ । यही खराबीका कारण विद्युतीय सवारीसाधनमा आगलागीका घटना बाहिर आएका छन् । तेलंगानामा घातक विद्युतीय गाडीमा आगलागी हुनुको कारण ब्याट्रीको समस्या पनि रहेको बताइएको छ । विद्युतीय सवारीसाधनमा आगलागी हुने घटनालाई ध्यानमा राख्दै विज्ञहरूले अब इभी उत्पादकहरूसँग व्यक्तिगत रूपमा आफ्नो सवारी साधनमा ब्याट्रीसम्बन्धी समस्याहरू समाधान गर्ने सुझाव दिएका छन् ।

सडक यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरीले पनि यसप्रति चिन्ता व्यक्त गरेका छन् । उनले मुलुकमा विद्युतीय सवारीसाधन उद्योग भर्खरै सुरु भएको र यस्ता घटनाले उद्योगमा बाधा पु¥याउने बताए । प्रत्येक मानव जीवनको सुरक्षा सरकारको पहिलो प्राथमिकता भएकाले यस्तो लापरवाही सरकारले चाहेको छैन ।तेलंगानामा विद्युतीय दुई पाङ्ग्रे सवारी साधनको ब्याट्री विस्फोट हुँदा एक ८० वर्षीय पुरुषको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

अप्रिल ९ मा नासिकमा शाह समूहको जितेन्द्र इलेक्ट्रिक भेइकल्सका ४० वटा इलेक्ट्रिक स्कुटरमा आगलागी भएको थियो । २५ मार्चमा, पुणेको धानोरी क्षेत्रमा ओला इलेक्ट्रिकको क्ज्ञ प्रो मोडल र तमिलनाडुको भेल्लोरको ओकिनावाको प्रेज प्रो मोडलमा आगलागी भएको थियो।द्दड मार्चमा तमिलनाडुको त्रिचीबाट पनि एउटा घटना रिपोर्ट गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस