
एजेन्सी । रुसले युक्रेनको लुहान्स्कस्थित एक विद्यालयमा हवाई आक्रमण गरेको छ । यहाँ करिब ९० जनाले आश्रय लिएका थिए । लुहान्स्कका गभर्नर सेर्ही हैदेइसले आक्रमणमा कम्तीमा ६० जनाको मृत्यु भएको आशंका गरेका छन् । उद्धार टोलीले अहिलेसम्म ३० जनालाई बाहिर निकालेको छ । जसमध्ये ७ जना महिला रहेका छन्, जो गम्भीर घाइते भएका छन् ।
रसियाले हरेक वर्ष मे ९ मा विजय दिवस मनाउने गर्छ । दोस्रो विश्वयुद्धमा आजको दिन रुसी सेनाले हिटलरको नाजी सेनालाई पराजित गरेको दिन हो । यस दिनको महत्वलाई ध्यानमा राख्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मे ९ मा मात्रै युक्रेनविरुद्ध युद्धको घोषणा गर्न सक्ने मिडिया रिपोर्टले दाबी गरेको छ । अहिलेसम्म रुसले युक्रेनमाथिको आक्रमणलाई विशेष अपरेशन मात्र भन्दै आएको छ ।
अर्कोतर्फ, युक्रेनले पश्चिमी देशहरूबाट सहायता प्राप्त गर्न जारी राखेको छ । अब युक्रेनी सेनाले टर्कीमा बनेका १२ बायराक्तार टीबी–२ ड्रोन प्राप्त गरेको छ । समाचार वेबसाइट ह्याबरलरका अनुसार टर्कीले गत ८ वर्षमा ४०० भन्दा बढी द्यबथचभपतबच त्द्य–द्द ड्रोनहरू विकास गरेको छ र ती मध्ये ९५ वटा बेचेको छ । यो ड्रोन निकै उन्नत मानिन्छ ।
बेलायती प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनलाई १.३ बिलियन पाउण्ड सैन्य सहायता पठाउने भएका छन् । युक्रेनले मे ७ मा पूर्वी युक्रेनमा १०७ रुसी सैनिकको हत्या गरेको जनाएको छ ।
युक्रेनको मन्त्रिपरिषद्ले देश चलाउन विश्व बैंकबाट १.५ अर्ब डलर ऋण लिने मस्यौदा स्वीकृत गरेको छ । स्टिल प्लान्टबाट सबै महिला र बालबालिकालाई बाहिर निकालियो मारिउपोलको अजोभास्टल स्टिल प्लान्टमा फसेका महिला, बालबालिका, वृद्धवृद्धाको पनि उद्धार गरिएको छ । युक्रेनका उपप्रधानमन्त्री इरिना भेरेश्चुकले यसबारे जानकारी दिएकी हुन् । यद्यपी केही युक्रेनी सैनिक अझै पनि यहाँ फसेका छन्, उनीहरुलाई निकाल्ने काम भइरहेको छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको दबाबलाई बेवास्ता गर्दै तुर्कमेनिस्तान र ताजिकिस्तानले युक्रेनलाई ७ वटा हेलिकप्टर र लडाकु विमान हस्तान्तरण गरेका छन् । वास्तवमा, तालिबानले गत वर्ष अगस्टमा अफगानिस्तानमा सत्ता लिएपछि अफगान पाइलटहरूले आफ्ना विमानहरू तुर्कमेनिस्तान र ताजिकिस्तान लगे ।
अफगान सेनाका ५७ लडाकु विमान अहिले पनि तुर्कमेनिस्तान–ताजिकिस्तानमा छन् । दुवै देशले युक्रेनलाई दिने घोषणा पनि गरेका छन् । अफगान सेनासँग अमेरिकी उपस्थिति हुँदा १३१ विमान थिए । बाँकी विमानहरू हाल तालिवान सरकारसँग छन् ।
प्रतिक्रिया दिनुहोस