aarthiknews.com शनिबार, ३२ जेठ २०८२   Saturday, 14 June, 2025
 

मेलम्चीको पानी वर्षायाम सुरुसँगै वितरण रोकिने

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • सोमबार, २६ बैशाख २०७९
मेलम्चीको पानी वर्षायाम सुरुसँगै वितरण रोकिने

काठमाडौं । काठमाडौं उपत्यकामा दुई सातादेखि पुनः वितरण सुरु भएको मेलम्चीको पानी वर्षायाम सुरुसँगै रोकिने भएको छ । मेलम्ची खानेपानी आयोजना विकास समितिका कार्यकारी निर्देशक वासुदेव पौडेलले मनसुन सक्रिय भएसँगै आउन सक्ने बाढीपहिरोका कारण पानी वितरण रोकिने भएको छ । 

आयोजनाको मुख्य सुरुङलगायतका संरचनामा क्षति नपुगोस् भन्ने उद्देश्यले पूर्वसावधानीपूर्वक पानीको वितरण कार्य रोकिने जानकारी दिए । उनले कहिलेदेखि कहिलेसम्म मनसुन सक्रिय हुनेबारे मौसम पूर्वानुमान महाशाखा तथा मौसमविद्हरूसँग छलफल गरेर पानीको वितरण कार्य रोकिने बताए ।

गत  वर्ष  असार  १  गते  नै  मेलम्ची खोलामा आएको बाढीपहिरोले आयोजनाको हेडवक्र्सलगायतको संंरचनामा ठूलो क्षति पुगेको स्मरण गर्दै उनले यो वर्ष आयोजनाले थप सतर्कता अपनाउन खोजेको स्पष्ट पारे । उनले भने, “अहिले अस्थायी संरचनाबाट परीक्षणका रूपमा मेलम्चीको पानी काठमाडौँ पठाइएको हो । पुनः बाढीपहिरो आयो भने सुरुङहरू पुरिन सक्छन् । बीस वर्षको लगानी स्वाहा हुन सक्छ । त्यसैले पानीको वितरण रोकिन लागिएको हो ।” 

प्रतिक्रिया दिनुहोस