aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

पाकिस्तानको ठूलो ऋणदाताले हात झिक्यो, वैदेशीक ऋणमा ४९ प्रतिशतले घट्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २० साउन २०७६
पाकिस्तानको ठूलो ऋणदाताले हात झिक्यो, वैदेशीक ऋणमा ४९ प्रतिशतले घट्यो


एजेन्सी । चीनले पाकिस्तानमा भएको आफ्नो लगानी घटाएको छ । विश्व बैंकले सहयोग गर्नभन्दा पहिला चीनले पाकिस्तानमा अर्बौ डलर लगानी गरेको थियो । 

आर्थिक वर्ष २०१८( १९ जुनदेखि जुलाईसम्म चीनले पाकिस्तानमा रहेको आफ्नो लगानीमा घटाएर ४९.६ करोड डलर बनाएको छ । गतवर्ष सोहि अवधिमा चीनले पाकिस्तानमा १.८ अर्व डलर लगानी गरेको थियो । 

यसैगरि अमेरिकाले पनि पाकिस्तानमा आफ्नो लगानीमा कटौति गरेको छ । अमेरिकाले ८.४ करोड डलरमा सिमित भएको छ । जुन गत वर्ष यहि अवधिमा अमेरिकाले १४.७० करोड डलर लगानी गरेको थियो । इकोनोमिक्स टाइम्सका अनुसार पाकिस्तानमा विदेशी लगानी आर्थिक वर्ष २०१८(१९मा ४९प्रतिशतले घटेको छ ।  
 
पाकिस्तानमा आर्थिक वर्ष २०१८(१९मा ९.५ अर्ब डलर विदेशी ऋण आएको थियो । पाकिस्तानको वैदेशीक ऋणमा वार्षिक ९.३ अर्ब डलर आउने प्रक्षपण गरेको छ । साउदी अरब र  युएइबाट वार्षिक ५ अर्ब डलर वैदेशीक ऋण पाउदैआएको छ ।  पाकिस्तानको आर्थिक वर्ष २०१८(१९कोआर्थिक वृद्धिदर ३.२९प्रतिशतमात्र रहेको छ । 

प्रतिक्रिया दिनुहोस