aarthiknews.com शनिबार, ३२ जेठ २०८२   Saturday, 14 June, 2025
 

बैंकबाट एक महिनामा १९ अर्ब रुपैयाँ बाहिरियो

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • मंगलबार, २७ बैशाख २०७९
बैंकबाट एक महिनामा १९ अर्ब रुपैयाँ बाहिरियो

काठमाडौं । एक महिनामा १९ अर्ब रुपैयाँ बैंकबाट बाहिरिएकोमा ६ अर्ब रुपैयाँ बैंकिङ प्रणालीमा भित्रिएको छ । बैंकिङ प्रणालीबाट बाहिरिएको १३ अर्ब रुपैयाँ अझै बैंकिङ प्रणालीमा भित्रिएको छैन । चुनावको तयारी थालिएसँगै १ महिनाअघि ५६ अर्ब रुपैयाँ बैंकिङ प्रणालीमा ह्वात्तै भित्रिएको थियो । चुनावका लागि बैंकिङ प्रणालीबाट बाहिरिएको १९ अर्बमध्ये १३ अर्ब चुनावलगत्तै फेरि बैंकमा नै फर्किने अपेक्षा गरिएको छ । 

निर्वाचन नजिकिँदै थालेसँगै बैंकिङ प्रणालीबाट बाहिरिएको निक्षेप विस्तारै अहिले बढ्न थालेको छ । विगतमा निक्षेप संकलनमा समस्या हुँदै आएकोमा गत साता भने बैंकिङ प्रणालीको निक्षेपमा राम्रो सुधार भएको छ । नेपाल बैंकर्स एसोसिएसनका अनुसार निक्षेपमा सुधार र कर्जा लगानीमा संकुचन हुँदा बैंकको सीडी रेसियोमा पनि सुधार भएको छ ।

प्रतिक्रिया दिनुहोस