aarthiknews.com शनिबार, ३२ जेठ २०८२   Saturday, 14 June, 2025
 

तरकारीसँगै दैनिक उपभोग्य वस्तुको भाउ आकाशियो

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • मंगलबार, २७ बैशाख २०७९
तरकारीसँगै दैनिक उपभोग्य वस्तुको भाउ आकाशियो

काठमाडौं । बजारमा    कालोबजारी    मौलाउँदासमेत    सरकारका जिम्मेवार निकाय रमिते बनेको आरोप उपभोक्ता अधिकारकर्मीले लगाउँदै आएका छन् । उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जनले बजारमा एलपी ग्यास उद्योग र थोक बिक्रेताबाटै कालोबजारी हुँदासमेत  बजार  अनुुगमनको  जिम्मेवार  निकाय  एक/दुुईवटा खुद्रा पसलेलाई जरिवाना गरेको नाटक मात्रै गरेको आरोप लगाए ।

 “युुक्रेन–रुसबीचको  युुद्धका  कारण  देखाउँदै  व्यापारीले पछिल्लो तीन महिनादेखि बजारमा हरेक सामानको भाउ अस्वाभाविक रूपमा महँगो भएको छ तर बजार अनुुगमनको जिम्मा पाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको बजारमा जुन तरिकाले बजारको हस्तक्षेपकारी अनुुगमन हुनुुपथ्र्यो, त्यो हुन सकेको छैन,” महर्जनले भने । 

प्रतिक्रिया दिनुहोस