aarthiknews.com सोमबार, २० जेठ २०८२   Monday, 02 June, 2025
 

महानगर खर्च गर्न किन डरायो ? १६ करोड फ्रिज हुने भयो

  • प्रजिता पाैडेल
    प्रजिता पाैडेल
  • सोमबार, २० साउन २०७६
महानगर खर्च गर्न किन डरायो ? १६ करोड फ्रिज हुने भयो

काठमाडौं । काठमाडौं महानगरपालिकाले २०७५/७६ मा संशोधित अनुमानित वार्षिक बजेट अन्तर्गत १३ अर्ब २ करोड १२ लाख ३ सय ७० रुपैयाँ बजेट विनियोजन गरिएको थियो । 

उक्त बजेट जेष्ठ समान्त सम्ममा ७ अर्ब ६४ करोड १२ लाख ८ हजार ८ सय २४ रूपैयाँ खर्च गरेको छ  भने २०७६÷७७ मा महानगरले १५ अर्ब ५० करोड ७० लाख रुपैयाँ विनियोजन गरेको छ ।

काठमाडौं महानगरले आर्थिक वर्ष २०७५/७६ सालमा यि बिधामा छुट्याएको बजेट एक रुपैयाँ पनि खर्च गरेकको छैन । महानगरले पूर्वाधार तर्फको ढुंगा, ईट्टा छाप्नेको लागि १५ करोड रूपैया छुट्याएको थियो, पुल तथा ‘कल्भर्ट’ निर्माण गर्नको लागि १६ करोड रूपैया छुट्याएको थियो,  महानगरको अस्पताल निमार्ण गर्नको लागि १० लाख छुट्याएको मध्ये महानगरले एक रुपैयाँ पनि खर्च गरेको छैन । 

महानगरले दुर्घटना बीमामा २५००,०००, कर्मचारी सामुहिक बीमामा ६०,०००,०००, भवन मर्मतमा ५,०००,०००र अन्य सम्पति बीमामा १,०००, ००० छुट्याएकोमा एक रूपैया पनि खर्च गरेको छैन् । 

त्यस्तै महानगरले सवारी साधनमा २,०००,०००, उपकरण कम्प्युटर ह्रास कट्टीमा २,०००,०००, अन्य उपकरण ह्रास कट्टीमा १,५००,००० र फर्निचर फिक्स्यामा ह्रास कट्टी बापद १,०००,००० रूपैया छुट्याएकोमा कुनै पनि रमक खर्च नभएको महानगरको तथ्याङकले देखाएको छ । 

महानगरले पेसागत खर्च अन्तर्गत २,५००,०००, सामुदायीक कुकुर नियन्त्रणमा ९००,०००, अग्नि नियन्त्रण सामाग्रीमा १?५००,०००, प्रेस भेटघाट कार्यक्रममा ३००,००० र सुचना तथा सञ्चार मन्त्रालय रोयल्टीमा ६००,००० रूपैया छुट्याएकोमा कुनै पनि रकम खर्च भएको छैन । 

पुल तथा कल्भर्ट निर्माणका लागि महानगरले १६ करोड रुपैयाँ विनियोजन गरेको थियो । उक्त रकम खर्च गर्न नसकेको महानगरले आर्थिक वर्ष २०७६/७७ सालका लागि ८ करोड रुपैयाँ विनियोजन गरेको छ । 

आर्थिक बर्ष २०७५/७६ मा महानगरले पूर्वाधार सुधार तथा अन्य विकास शीर्षक अन्तर्गत कुल ८ अर्ब ४७ करोड ४७ लाख रुपैयाँ विनियोजन गरेको थियो । सो रकम मध्ये ३ अर्ब ३८ करोड ८२ लाख रुपैयाँ मात्र खर्च गरेको छ । चालु आर्थिक वर्ष २०७६/७७ मा महानगरले पुँजीगत खर्चतर्फ ७ अर्ब ६४ करोड १६ लाख रुपैयाँ विनियोजन गरेको छ ।

भौतिक पूर्वाधार निर्माण अन्तर्गत महानगरले सडक, फुटपाथ तथा पार्किङ निर्माणको लागि गतवर्ष ५४ करोड रुपैयाँ विनियोजन गरेकोमा जेठ मसान्तसम्ममा १ करोड ५७ लाख ७२ हजार रुपैयाँ खर्च गरेको छ । त्यसैगरी सडक बत्ति निर्माणका लागि ५ करोड रुपैयाँ विनियोजन भएकोमा त्यस मध्ये १ करोड ३२ लाख ३९ हजार रुपैयाँ मात्र खर्च गर्न सकेको छ । 
 
महानगरले क्षतिपूर्ति तथा अन्य मुआव्जाका लागि २०७५/७६ सालमा ५ करोड विनियोजन गरेको थियो । सो रकम मध्ये ६१ लाख ५१ हजार रुपैयाँ मात्र खर्च गरेको छ । यसैगरी, आर्थिक वर्ष २०७५/७६ मा ढल निकास अन्तर्गत १३ करोड रुपैयाँ विनियोजन गरिएको थियो । सो आर्थिक वर्षको जेठ मसान्तसम्ममा १६ लाख रुपैयाँ बजेट खर्च भएको महानगरले जानकारी दिएको छ ।

 यस्तै पार्क निर्माण तथा सरसफाइमा महानगरले गत आर्थिक वर्षमा ८ करोड ७२ लाख रुपैयाँ विनियोजन गरेको थियो । सो वर्ष जेठ मसान्तसम्ममा २४ लाख रुपैयाँ बजेट खर्च भएको छ ।

महानगरपालिकाले २०७५/७६ मा खानेपानी व्यवस्था र प्रकोप र विपद व्यपस्थापनको लागि कुनै बजेट छुट्याएको छैन् । 

२०७६/७७ मा खानेपानीको लागि २,५००,००० बजेट छुट्याएको छ भने प्रकोप र विपद व्यपस्थापनको लागि कुनै पनि बजेट छुट्याएको छैन् । 
 

प्रतिक्रिया दिनुहोस