aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

अमेरिकामा एक करोड तीस लाखभन्दा बढी बालबालिकाहरू कोरोना संक्रमित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २७ बैशाख २०७९
अमेरिकामा एक करोड तीस लाखभन्दा बढी बालबालिकाहरू कोरोना संक्रमित

एजेन्सी । अमेरिकी एकेडेमी अफ पेडियाट्रिक्स (एएपी) र बाल अस्पताल संघको पछिल्लो प्रतिवेदनअनुसार महामारीको शुरुवातदेखि संयुक्त राज्यअमेरिकामा १ करोड ३० लाखभन्दा बढी बालबालिकामा कोभिड १९ को संक्रमण देखिएको छ।

सोमबार अबेर प्रकाशित प्रतिवेदन अनुसार मे ५ सम्म सातामा ६२ हजार भन्दा बढी बालबालिका सङ्क्रमित भएको पाइएको छ जुन दुई हप्ता अघिको तुलनामा करिब ६९ प्रतिशतले बढी हो। विगत ४ हप्तामा झण्डै १८ लाख ६ हजार बालबालिका कोभिड १९ बाट सङ्क्रमित भएका छन्। सन् २०२२ मा करिब ५२ लाख  बालबालिकामा सङ्क्रमण थपिएको प्रतिवेदनले देखाएको छ।

नयाँ भेरियन्टहरूसँग सम्बन्धित रोगको गम्भीरताका साथै सम्भावित दीर्घकालीन प्रभावहरू मूल्याङ्कन गर्न थप उमेर(विशिष्ट डेटा सङ्कलन गर्न आवश्यक रहेको विज्ञहरूले बताएका छन्। बालबालिकाको स्वास्थ्यमा महामारीको तत्काल प्रभावहरू छन् भनेर पहिचान गर्नु महत्त्वपूर्ण र हामीले यस पुस्ताका बालबालिका र युवाहरूको शारीरिक, मानसिक र सामाजिक सुरक्षामा दीर्घकालीन प्रभावहरू पहिचान र सम्बोधन गर्न आवश्यक छू प्रतिवेदनमा उल्लेख गरिएको छ।
 

प्रतिक्रिया दिनुहोस