
दुबई । के तपाइँ एक महत्वाकांक्षी उद्यमी हुनुहुन्छ तर कहाँ के गर्ने र कसरी सुरु गर्ने थाहा छैन ? दुबई इकोनोमी एण्ड टुरिज्म डिपार्टमेन्ट (DET) द्वारा स्थापना गरिएको एउटा नयाँ पोर्टल Invest in Dubai ले प्रयोगकर्ताहरूलाई दुबईको व्यापारिक वातावरणको बारेमा सिकाउने देखि उनीहरूलाई आफ्नो व्यवसाय पूर्ण रूपमा अनलाइन सेटअप गर्न मद्दत गर्ने छ ।
www.invest.dubai.ae प्रयोगकर्ताहरूलाई DET मा दर्ता भएका इन्क्यूबेटरहरू र एक्सेलेटरहरूको सूची प्रदान गर्दछ । जसले उनीहरूलाई उनीहरूको व्यवसायिक विचारहरू विकास गर्न मद्दत गर्न सक्छ । इन्भेष्ट इन दुबईका अनुसार, यी केही प्लेटफर्महरू हुन् । जहा स्टार्ट–अपहरूलाई समर्थन र सहायता प्रदान गर्दछ ।
यस वेबसाइटमा एक उद्यमीले कसरी दुबईमा कानुनी रूपमा क्राउड फन्डको जोहो गर्न सकिन्छ र कसरी दुबईमा लगानी गर्न सकिन्छ भन्ने सिकाउछ । साझेदारहरूबाट रणनीतिक लगानीहरू पछ्याउन सक्छ भन्ने जानकारी प्रदान गर्ने एक खण्ड पनि छ ।
युएईले भर्खरै आफ्नो वाणिज्य कम्पनी कानून परिमार्जन गर्दै विदेशी लगानीकर्ता र उद्यमीहरूलाई देशमा स्थापित संस्थाहरूमा शतप्रतिशत स्वामित्व राख्न अनुमति दिएको छ । यद्यपि, शतप्रतिशत स्वामित्वको विकल्प हरेक क्षेत्र वा हरेक व्यवसायिक गतिविधिमा उपलब्ध छैन । यदि तपाइँ युएईमा १०० प्रतिशत विदेशी स्वामित्वलाई अनुमति दिने व्यवसाय सुरु गर्न खोज्दै हुनुहुन्छ भने, Invest in Dubai वेबसाइटले प्रयोगकर्ताहरूलाई व्यवसाय गतिविधिहरूको सूची प्रदान गरेको छ । जहा १०० प्रतिशत स्वामित्व अनुमति दिने र तपाइँ सीधै ट्रेड नाम दर्ता गर्न सकिन्छ । कुनै पनि सरकारी विभाग वा सेवा केन्द्रहरू भ्रमण नगरी व्यापार शुरु गनै सकिने गरि नयाँ प्रविधिको विकास गरेको छ ।
प्रतिक्रिया दिनुहोस