aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

श्रीलंका संकटका कारण एशियन पेन्ट्सलाई ११५.७० करोड घाटा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २८ बैशाख २०७९
श्रीलंका संकटका कारण एशियन पेन्ट्सलाई ११५.७० करोड घाटा

एजेन्सी । एशियन पेन्ट्सले त्रैमासिकको नतिजा सार्वजनिक गरेको छ । कम्पनीको नेट नाफा त्रैमासिकको लागि ०.२० % घटेर ८५०.३४द्द करोड रुपैयाँ भारुमा पुगेको जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यो ८५२.१३ करोड रुपैयाँ भारु थियो । कम्पनीले बीएसई फाइलिङमा श्रीलंकाको व्यापारमा अचानक ११५.७० करोड रुपैयाँ भारु घाटा र सरकारबाट अनुदानमा ढिलाइका कारण नाफा घटेको बताएको छ ।

मार्च त्रैमासिकमा बिक्रीबाट कम्पनीको राजस्व २०.६० % बढेर रु ७,८८९.९४ करोड रुपैयाँ भारु पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यो ६,५४१.९४ करोड रुपैयाँ भारु थियो । 

कम्पनीले र १५.५० रुपैयाँको अन्तिम लाभांश पनि घोषणा गरेको छ । मंगलबार एसियर पेन्टको शेयर ८५.७५ वा २.८५ प्रतिशतले बढेर ३,०९१.०० रुपैयाँ भारु मा बन्द भयो । यो सेयरले यो वर्ष ९.६८ प्रतिशत ऋणात्मक रिटर्न दिएको हो ।

प्रतिक्रिया दिनुहोस