aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

मनसुन फेरि सक्रिय, यस्तो छ मौसम नालिवेली

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २० साउन २०७६
मनसुन फेरि सक्रिय, यस्तो छ मौसम नालिवेली

केही दिनदेखि कमजोर रहेको मनसुन आजदेखि पुनःसक्रिय भएको छ। हाल देशभर सामान्य तथा पूर्ण बदली हुनाका साथै तराईका धेरैजसो स्थानमा मेघ गर्जनसहित वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौंमा १० दशमलव ० मिलिमिटर वर्षा भएको छ भने पोखरामा ५४ दशमलव ०, दाङमा ३२ दशमलव०, सिमरामा ६७ दशमलव ०, नेपालगञ्जमा २७ दशमलव ०, धनगडीमा ४२ दशमलव ० र दिपालयमा २६ दशमलव ० मिलिमिटर वर्षा मापन गरिएको छ।

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

साउन २० गते (सोमबार)

दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुनेछ। साथै, पूर्व र पश्चिम तराई क्षेत्रका थोरै स्थाहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

राति : देशभर सामान्य बदली रही देशको पश्चिमि भू-भागका केही स्थानहरूमा तथा मध्य र पूर्वका थोरै स्थानहरूमा मेघ गर्जन/चट्यांगसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। साथै मध्य र पश्चिमी क्षेत्रका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

साउन २१ गते (मंगलबार)

दिउँसो: देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरूमा वर्षा हुनेछ।

राति: देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा वर्षा हुनेछ। साथै  मध्य र पश्चिमी क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

साउन २२ गते (बुधबार)

दिउँसो : देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरूमा वर्षा हुनेछ। साथै पूर्व र मध्य क्षेत्रका एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

राति : देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा वर्षा हुनेछ। साथै  पूर्व र मध्य क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस