
एजेन्सी । कस्मीरको राजनीति द्धन्द्धका कारण भारतीय शेयर बजारमा भारी गिरावट भएको छ । सोमबार भारतको शेयरबजारको सेन्सेक्स ४ सय अंकले गिरावट भएको छ । त्यस्तै शेयर बजारको निफ्टी पनि ५ महिनाकै तल्लो विन्दुमा पुगेको छ । सोमबार निफ्टी ११९०० भन्दा तल पुगेको छ । कारोबारका क्रममा सेन्सक्स ७०० अंकसम्मले तल झरेको थियो ।
कारोबारको अन्तमा शेयर ८ प्रतिशतभन्दा बढीले गिरावट भएर बन्द भएको छ । सबैभन्दा बढी असर टाटा मोटर्स, पावरग्रिड, रिलायंस, कोटक बैंक, एसबीआई, बजाज फाइनेंस, टाटा स्टीलको २ प्रतिशतले घटेका थिए । त्यस्तैगरि, एयरटेल, टेक महिंद्रा, टीसीएस, बजाज अटो, इन्फोसिस र एचडीएफसीको शेयर पनि सबैभन्दा बढी घट्नेमध्येका कम्पनीमा परेका छन् ।
प्रतिक्रिया दिनुहोस