aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

दुई वर्षपछि पहिलो पटक उत्तर कोरियामा कोरोना संक्रमण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २९ बैशाख २०७९
दुई वर्षपछि पहिलो पटक उत्तर कोरियामा कोरोना संक्रमण

एजेन्सी । उत्तर कोरियामा एकजनामा कोभिड १९ को संक्रमण भेटिएको त्यहाँको सरकारी समाचार समिति, कोरियन सेन्ट्रल न्युज एजेन्सी, केसिएनएले जानकारी दिएको छ । सो समाचार समितिले त्यहाँ गएको दुई वर्षपछि पहिलो पटक एक जनामा यो संक्रमण पाइएको जानकरी बिहीबार मात्र दिएको हो ।

सो समाचार समितिकाअनुसार राजधानी प्योङयाङका केही विरामीहरुमा गरिएको परीक्षणबाट एक जनामा यो संक्रमण पाइएको हो । कोभिडको ओमिक्रोन भर्सन भएको पनि पाइएको समाचारमा जनाइएको छ । यो संक्रमण पाइएपछि यहाँको सरकारले यसलाई राष्ट्रिय संकटको अवस्था भनेको पनि सो समाचार समितिले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस