aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

'जम्मु काश्मिर स्वायत्त हुँदा भ्रष्टाचार बढ्यो, विकास रोकियो'

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २० साउन २०७६
'जम्मु काश्मिर स्वायत्त हुँदा भ्रष्टाचार बढ्यो, विकास रोकियो'

नयाँ दिल्ली । भारतका गृह मन्त्री अमित शाहले संविधानको धारा ३७० मार्फत् जम्मु काश्मिरलाई स्वायत्तता दिँदा त्यस राज्यमा भ्रष्टाचार बढेको दावी गरेका छन् । 
 
स्वायत्तताकै कारणले जम्मु काश्मीर आर्थिक रुपमा पिछाडिएको र विकासमा पछाडि परेको उहाँले सोमबार बताउनु भएको हो । उनले विगतमा जम्मु काश्मिरमा राजनीतिक विकृित फैलिएको उल्लेख गर्दै धारा ३७० का कारण जम्मु काश्मीर वा लद्दाखमा कुनै फाईदा भएको कसैले भन्न नसक्ने टिप्पणी पनि गरे । उने भने, “यो धाराका कारणले बरु बेफाइदा धेरै भएको छ ।” 

गृहमन्त्री शाहले थप्नुभयो, “यही धाराका कारणले त्यो क्षेत्र पछाडी परेको, पिडामा परेको, आतङ्कवादको शिकार भएको, महिला विरोधी, दलित विरोधी र विकास विरोधी भएको थियो ।” उनले स्वायत्तता दिएकै कारणले जम्मु काश्मिर क्षेत्रमा गरिबी बढिरहेको र केही व्यक्तिहरूले मात्रै फाइदा लिएको बताए । रासस/एएनआई

प्रतिक्रिया दिनुहोस