aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

बेलायती बैंक एचएसबीसीले चार हजार रोजगारी कटौति गर्ने

  • एएफपी
    एएफपी
  • सोमबार, २० साउन २०७६
बेलायती बैंक एचएसबीसीले चार हजार रोजगारी कटौति गर्ने

लण्डन, बेलायत । बेलायती बैंक एचएसबीसीले चार हजार रोजगारीका अवसरलाई कटौति गर्ने सोमबार सार्वजनिक एक घोषणामा उल्लेख छ । 

एचएसबीसीका प्रमुख कार्यकारी अधिकृत जोन फ्लिन्टले बैंकलाई नयाँ आर्थिक सङ्कटबाट जोगाउन बैंकले आफ्नो सेवाका लागि उपलब्ध गराउँदै आएका चार हजार जागिरका अवसरलाई घटाउने बताउनुभएकोे हो ।

“हामीले बैंकलाई पुन ः संरचना गर्ने उद्देश्यले हाम्रो सम्पूर्ण श्रमशक्तिको दुई प्रतिशत अर्थात् चार हजार पदलाई हटाउन लागेका छौँ,” बैँकका प्रमुख आर्थिक अधिकृत एवेन स्टेभेनले बताउनुभयो ।

उहाँले रोजगारी कटौति अन्तर्गत बैंकले उच्च पदलाई व्यवस्थापन गर्न लागेको पनि बताउनुभयो । बेलायतले यूरोपेली यूनियन ९इयू० बाट बाहिरिने तयारी गरिरहेका समय बैँकले उक्त निर्णय गरेको छ । 

प्रतिक्रिया दिनुहोस