aarthiknews.com शनिबार, ३२ जेठ २०८२   Saturday, 14 June, 2025
 

चितवनका सातवटै पालिका तहमा मतगणना स्थलमा विशेष सुरक्षा

  • आजको नागरिक दैनिकबाट
    आजको नागरिक दैनिकबाट
  • शुक्रबार, ३० बैशाख २०७९
चितवनका सातवटै पालिका तहमा मतगणना स्थलमा विशेष सुरक्षा

काठमाडौं । चितवनका सातवटै पालिका तहमा मतगणना स्थललाई सुरक्षित बनाइएको छ। मतगणना स्थलमा फलामको बारसहित जाली, सिसी क्यामरा जडानलगायतका प्रविधि जडान गरिएको जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख भीमसेन कार्कीले जानकारी दिए।

'मतपत्र सुरक्षा गर्न आवश्यक सुरक्षा व्यवस्था बनाइएको छ। भरतपुर महानगरपालिकासहित सबै तहमा सिसी क्यामरासहित जाली लगाइएको छ' उनले भने, 'यसपटक मतपत्र च्यात्न दिइने छैन ।' 

भरतपुर महानगरमा चितवन उद्योग संघ प्रदर्शनी केन्द्रको ब्लक सी, माडीको माडी क्याम्पसको पहिलो तला, रत्ननगरमा नगरपालिकाको दोस्रो तला, खैरहनीमा खैरहनी मावि, कालिकामा नगरपालिका भवननजिकैको आमा सञ्जालको भवन, राप्तीमा भण्डारा मावि, इच्छाकामनामा गाउँपालिकाको भवनमा गणना स्थल तोकिएको छ। 

प्रतिक्रिया दिनुहोस