aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

सल्टियो मुद्धा, बन्ने भो सुरुङमार्ग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २१ साउन २०७६
सल्टियो मुद्धा, बन्ने भो सुरुङमार्ग

नागढुंगा-नौबिसे सुरुङमार्ग निर्माणाधीन क्षेत्रमा मुआब्जा विवाद सुल्झेको छ ।

नागढुंगा- नौबिसे सुरुङमार्ग काठमाडौं र धादिङको सीमा क्षेत्रमा निर्माण हुँदै छ । काठमाडौंको मुआब्जा रकम यसअघि नै सल्टिए पनि धादिङतर्फ तय हुन सकेको थिएन । 

मुआब्जा मूल्यांकन समितिले सोमबार धादिङतर्फ आयोजना प्रभावितलाई वितरण गर्ने मुआब्जा रकम तय गरेको छ। सुरुङमार्ग निर्माण गर्न धादिङतर्फको एक सय नौ रोपनी जग्गा अधिकरण गर्नुपर्नेछ। तर सडक सिमांकनभित्रको जग्गाको भने मुआब्जा दिइने छैन। सिमांकनबाहिर परेको ४४ रोपनी जग्गाको मुआब्जा वितरण गर्ने सहमति भएको हो।

धुनिबेसी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले प्रतिआना ७ लाख रुपैयाँदेखि ९ लाख ७० हजार रुपैयाँको दरमा मुआब्जा रकम तय भएको जानकारी दिएको समाचार आजको अन्नपुर्ण पोष्टमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस