भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा विगत १६ महिनामा नै यातायात विभागका ३ महानिर्देशकको सरुवा भएको छ ।
पछिल्लो समयमा गत फागुन २७ बाट विभागको नेतृत्व सम्हालेका कुमार दाहाललाई मन्त्रालयले सरुवा गरेर सूचना आयोग पुर्याएको छ ।
५ महिना नपुग्दै विभागका महानिर्देशकको सरुवा भएको हो । असार २३ गते बसेको मन्त्रिपरिषदको निर्णयले दाहालको सरुवा गरेको भएपनि सो निर्णय फिर्ता लिएको थियो । तर गत साता बसेको मन्त्रिपरिषदको बैठकले दाहालको सरुवा गरेको हो ।
प्रतिक्रिया दिनुहोस