aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

एनसेल अन्तरिक समस्याको फाइदा टेलिकमले लियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २१ साउन २०७६
एनसेल अन्तरिक समस्याको फाइदा टेलिकमले लियो

काठमाडौं । दुई ठूला दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकम र एनसेलबीच ग्राहक संख्याको अन्तर दिनहुँ बढ्दै गएको छ । ६ वर्षअघिसम्म आक्रामक योजनाका साथमा अगाडि रहेको एनसेल पछिल्लो समयमा स्वामित्व परिर्वतनसँगै आन्तरिक समस्यामा परेपछि सरकारी स्वामित्वको कम्पनी टेलिकमको ग्राहक संख्या भने उत्साहजनक रुपमा बढेको छ ।


नियामक निकाय नेपाल दूरसञ्चार प्राधीकरणले पछिल्लो पटक सार्वजनिक गरेको म्यानेजमेन्ट इन्फमेसन सिस्टम ९एमआईएसं अनुसार दुई कम्पनीबीचको अन्तर ५८ लाख नाघेको छ । यो अन्तर भ्वाइस सेवातर्फमात्रै हो ।

टेलिफोन तगा सिमकार्ड खरिद गर्नेको संख्या ४ करोड ११ लाख पुगिसकेको छ । जसमध्ये मोबाइलतर्फ सेवाग्राही नै ४ करोड ३ लाख पुगेका छन् । आजको कारोबार दैनिकबाट

प्रतिक्रिया दिनुहोस