aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

भारतले गहुँको निर्यातमा प्रतिबन्ध लगायो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ३१ बैशाख २०७९
भारतले गहुँको निर्यातमा प्रतिबन्ध लगायो

एजेन्सी । गहुँको मूल्यमा वृद्धि हुदैगएपछि भारतले तत्काल लागू हुने गरी गहुँको निर्यातमा प्रतिबन्ध लगाएको छ । सरकारी सूचनाअनुसार बढ्दो आन्तरिक मूल्यलाई नियन्त्रण गर्न भारतले तत्काल प्रभावबाट गहुँको निर्यातमा प्रतिबन्ध लगाएको हो ।

गहुँको भाउ बढेसँगै खुद्रा बजारमा पीठो महँगो भएको छ । खुद्रा बजारमा पिठोको औसत मूल्य प्रतिकिलो रु ३३.१४ भारु पुगेको छ । पछिल्लो एक वर्षमा पिठो १३ प्रतिशतले महँगो भएको छ । गत वर्ष वैशाख २९ गते प्रतिकिलो २९ रुपैयाँ ४० रुपैयाँ भारुमा पीठो उपलब्ध थियो ।

आगामी दिनमा गहुँको भाउ अझै बढ्ने अनुमान गरिएको छ । २०२१/२२ रवि सिजनमा गहुँको उत्पादन घट्ने अनुमान छ । सरकारले नै उत्पादन अनुमान घटाएको छ । यस वर्ष गर्मी मौसम शुरु भएसँगै सरकारले ११ करोड ३२ लाख टनबाट उत्पादन हुने अनुमानलाई घटाएर १० करोड ५० लाख टन पुर्‍याएको छ ।

यो प्रतिबन्ध अघि वाणिज्य मन्त्री पियुष गोयलले चालु आर्थिक वर्षमा १०० देखि १२५ लाख टन गहुँ निर्यात हुने बताएका थिए । यस पटक गहुँ खरिद गर्ने देशहरूमा इजिप्टको नयाँ नाम छ। भारतले हाल ६९ देशमा गहुँ निर्यात गरिरहेको छ । आर्थिक वर्ष २०२१/२२ मा भारतले ६९ देशमा ७८.५ लाख टन गहुँ निर्यात गरेको थियो।

प्रतिक्रिया दिनुहोस