पछिल्ला १० वर्षमा सडक विभाग अन्तर्गत करीब डेढ खर्ब रुपैयाँ बराबरका १,३९७ आयोजनाको काम सम्पन्न हुन सकेको छैन । सडक विभाग र सम्बद्ध निर्माण व्यवसायीबीचको आपसी समझदारीबाट ठेक्का सम्पन्न गर्ने म्याद पटकपटक थपिँदा समेत पछिल्लो १ दशकमा यी आयोजना अधुरै रहेका छन् ।
सडक विभागका अनुसार आर्थिक वर्ष (आव) २०६६/६७ पछिका यी ठेक्काहरूको कुल सम्झौता रकम रू. १ खर्ब ४८ अर्ब बराबर रहेको छ ।
सडक विभागको तथ्यांकले देखाउँछ, १,३९७ ठेक्कामध्ये १०० प्रतिशत भौतिक प्रगति भएका तर ठेक्का फरकफारक नभएकाको संख्या ३१ रहेको छ । यस्तै ९० प्रतिशतभन्दा बढी भौतिक प्रगति भएका तर सम्पन्न नभएका ठेक्काको संख्या २५८ छ । यसबाहेक, हजारभन्दा बढी ठेक्काको भौतिक प्रगति ९० प्रतिशतभन्दा कम छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस