aarthiknews.com शुक्रबार, ३१ जेठ २०८२   Friday, 13 June, 2025
 

आयातमा कडाइ गर्दाको परिणाम राजस्व सङ्कलनमा कमी

  • आजको कारोबार दैनिकबाट
    आजको कारोबार दैनिकबाट
  • आइतबार, ०१ जेठ २०७९
आयातमा कडाइ गर्दाको परिणाम राजस्व सङ्कलनमा कमी

काठमाडौं । सरकारले आयातमा कडाइ गर्दा राजस्व सङ्कलन उल्लेख्य घटेको छ। चैत महिनाको तुलनामा वैशाखमा २९ अर्ब रुपैयाँ बराबरले राजस्व घटेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । 

आयात कडाइले केही वस्तुको आयातलाई कम गरे पनि राजस्वमा त्यसको असर देखिएको महालेखाले जनाएको छ। सरकारले चैत महिनामा १ खर्ब ५ अर्ब रुपैयाँ बराबरको राजस्व सङ्कलन गरेको थियो । तर, राजस्वको आधा हिस्सा धानेको आयातमा नियन्त्रण हुँदा वैशाख महिनामा ७६ अर्ब रुपैयाँ राजस्व सङ्कलन भएको छ । 

यससँगै सरकारले वैशाख मसान्तसम्ममा लक्ष्यको ७३.३ प्रतिशत अर्थात् ८ खर्ब ३५ अर्ब रुपैयाँ राजस्व सङ्कलन गरेको हो । चालू आर्थिक वर्षमा सरकारले ११ खर्ब ८० अर्ब रुपैयाँ बराबरको राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ । सरकारले शतप्रतिशत राजस्व सङ्कलन गर्न हरेक महिना १ खर्ब ५७ अर्ब बरावरको राजस्व सङ्कलन गर्नुपर्ने छ। 

प्रतिक्रिया दिनुहोस