aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

न्युयोर्कमा १८ वर्षको बालकले चलाएको गोलीका कारण १० जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०१ जेठ २०७९
न्युयोर्कमा १८ वर्षको बालकले चलाएको गोलीका कारण १० जनाको मृत्यु

एजेन्सी । न्योर्कको एक सुपरमार्केटमा शनिबार दिउँसो २ः३० बजे (आईतबार नेपाली समय अनुसार १२ः१५ बजे) गोली हानाहान भएको थियो। यहाँको बलेफो क्षेत्रमा गोली चल्दा हालसम्म १० जनाको मृत्यु भइसकेको छ । सोही क्रममा ३ जना घाइते भएका छन् । मृत्यु हुनेमा एक प्रहरी पनि छन् । गोली लागेका १३ जनामध्ये ११ जना कालाजातिका छन् ।

बफेलो पुलिसका अनुसार गोलीबारी टप्स सुपरमार्केट किराना पसलमा भएको थियो। आक्रमणकारीको पहिचान १८ वर्षीय पेटन एस गेंड्रोनको रूपमा गरिएको छ। उनी आक्रमणका लागि सैन्य शैलीका गियर लगाएर सुपरमार्केटमा प्रवेश गरेका थिए । यस क्रममा उनले हेलमेट लगाएका थिए । उनले हेलमेटमा राखिएको क्यामेराबाट आक्रमणको लाइभ स्ट्रिमिङ गरिरहेका थिए। उनले बुलेट प्रुफ ज्याकेट पनि लगाएका थिए ।

बफेलो शहरका पुलिस कमिश्नरका अनुसार गेन्ड्रोनले सुरुमा पसल बाहिर चार जनालाई गोली हानेका थिए । जसमध्ये तीन जनाको मृत्यु भएको थियो। पसल भित्र, एक सुरक्षा गार्डले आक्रमणकारीलाई धेरै गोली हाने तर बुलेटप्रुफका कारण आक्रमणकारी बाँचे र सुरक्षा गार्डको मृत्यु भयो। घटना भएको क्षेत्र कालोबहुल क्षेत्र हो ।

ह्वाइट हाउसका प्रेस सेक्रेटरी जीन पियरेले राष्ट्रपति जो बाइडेनलाई गोलीबारी र त्यसपछिको अनुसन्धानको बारेमा निरन्तर जानकारी गराइ रहेको बताए।

प्रतिक्रिया दिनुहोस