aarthiknews.com शुक्रबार, ३१ जेठ २०८२   Friday, 13 June, 2025
 

१० वटा नाउर र झारलको सिकार

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • आइतबार, ०१ जेठ २०७९
१० वटा नाउर र झारलको सिकार

काठमाडौं । विभिन्न मुलुकका सिकारीले यस पटक नेपालमा १० वटा नाउर र झारलको सिकार गरेका छन् । सिकार गर्ने उद्देश्यसाथ स्थापना भएको नेपालको ढोरपाटन सिकार आरक्षमा सिकारीहरूले अनुमति लिएर सिकार गरेका हुन् । कानुनले नेपाली नागरिकलाई सिकार गर्न सक्ने व्यवस्था गरे पनि निकै खर्चिलो हुने हुँदा हालसम्म नेपालीले सिकार भने गरेको रेकर्ड छैन । 

फागुनदेखि वैशाखसम्मको सिकारी मौसममा सिकार गर्ने अनुमति लिएका पाँच जनाले भने सिकार मार्न सकेनन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागबाट नौवटा नाउर र छवटा झारलको सिकार गर्न अनुमति दिइएको थियो । तीमध्ये १० जनाले मात्र सिकार मार्न सफल भएको विभागले जनाएको छ । 

सिकार गर्न सफल सिकारीले नेपालबाट आफ्नो देशमा ती वन्यजन्तुको छाला र सिङ आफ्नो मुलुक लान पाउने व्यवस्था छ । 

प्रतिक्रिया दिनुहोस