aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

अमेरिकाको फ्लोरिडामा विमान दुर्घटना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०२ जेठ २०७९
अमेरिकाको फ्लोरिडामा विमान दुर्घटना
फाइल तस्विर

एजेन्सी । अमेरिकाको फ्लोरिडामा विमान दुर्घटना हुँदा एयर ट्राफिक कन्ट्रोलर (एटीएस) को मृत्यु भएको छ । दुर्घटनामा ५ जना घाइते भएका छन् । सञ्चारमाध्यमका अनुसार पावर आउट भएका कारण विमान नियन्त्रण बाहिर गएर भ्यानसँग ठोक्किएको थियो । 

दुर्घटना हुँदा भ्यानमा तीन जना सवार थिए । सोही क्रममा विमानमा रहेका दुई जना पनि घाइते भएका छन् । घाइते पाँच जनाको उपचार भइरहेको छ । राष्ट्रिय हवाई यातायात नियन्त्रक संघले यस दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस