aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

महामारीपछि चीनमा विदेशी लगानी लगभग ठप्प

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०२ जेठ २०७९
महामारीपछि चीनमा विदेशी लगानी लगभग ठप्प

एजेन्सी । विश्व स्वास्थ्य संगठनले चीनको हालको महामारी नीतिले काम नगर्ने बताएको छ। एक अर्थशास्त्रीले अवस्थालाई शून्य गतिविधि र शून्य जीडीपीको रूपमा वर्णन गरेका छन् । एमएनसीहरू देशमा नयाँ लगानी गर्न हिचकिचाउँछन् । विश्वका विस्लेषककहरूले चेतावनी दिएका छन् । यदि भाइरस अनियन्त्रित रह्यो भने मृत्युको सुनामी आउन सक्छ । 

एक अनुमानका अनुसार चीनमा गत महिना ४५ सहरको करिब ४० करोड जनसंख्या कुनै न कुनै प्रकारको लकडाउन र प्रतिबन्धको छायामा रह्यो । यी सहरहरूको वार्षिक जीडीपी ५५ लाख करोड रुपैयाँ छ । लकडाउनले आर्थिक वृद्धिदरमा नराम्रो असर पर्ने अर्थविद्हरु चिन्तित छन् । एकजना अर्थशास्त्री भन्छन्, ‘लकडाउन एक महिना जारी रह्यो भने मन्दी आउन सक्छ ।’ कोभिड–१९ को शून्य नीतिका कारण अर्थतन्त्रको अवस्था नाजुक हुने लगानीकर्ता तथा व्यवसायीहरुको अनुमान छ । प्रमुख चिनियाँ लगानीकर्ता फ्रेड ह्युले सरकारले रणनीति परिवर्तन गर्ने यो उपयुक्त समय भएको बताए । शून्य कोभिड नीतिले अर्थतन्त्र ध्वस्त हुनेछ ।

चीनमा खोपको दर कम भएकाले अवस्था झन् खराब हुने अनुमान गरिएको छ । एक अध्ययनका अनुसार सांघाईमा ७० वर्ष वा सोभन्दा माथिका आधाभन्दा कमले खोपको दुवै डोज पाएका छन् । स्वास्थ्य विज्ञहरुका अनुसार देशका करिब ७२ प्रतिशत जनताले खोप लगाएका छैनन् । दर्जनौं संक्रमित शहरहरूमा खोपको सट्टा, भाइरस नियन्त्रण गर्न पूर्ण शक्ति प्रयोग भइरहेको छ । यसबाहेक, हाल चीनमा उपलब्ध भ्याक्सिनहरू विदेशी खोपहरू जत्तिकै प्रभावकारी छैनन् । धेरै चिनियाँ कम्पनीहरूले एमआरएनए प्रविधिमा आधारित भ्याक्सिन परीक्षण गरिरहेका छन् ।

चीनले हालै फाइजरको एन्टी भाइरल चक्की प्याक्सलोभिडको प्रयोगलाई अनुमोदन गरेको छ । चीनमा विदेशी लगानी लगभग ठप्प भएको छ । महामारीका कारण केही आयोजना दुई वर्षदेखि अलपत्र परेका छन् । विदेशी कम्पनीका अधिकारीहरुको आवतजावत बन्द छ । युएस चेम्बर अफ कमर्स इन चाइनाका अध्यक्ष माइकल हार्टले बहुराष्ट्रिय कम्पनीका कार्यकारीको अपीलमा चीन मौन रहेको बताएका छन् । यहाँ चीनका केही ठूला नेताहरूले अर्थतन्त्रलाई लिएर चिन्ता व्यक्त गर्न थालेका छन् । प्रधानमन्त्री ली खछ्याङले रोजगारीको अवस्था नाजुक रहेको बताएका छन् । महामारी नियन्त्रण गर्न नयाँ उपायहरू पहिले भन्दा कडा छन् ।

कतिपय ठाउँमा जनताले यसको विरोध गरेका छन् । राष्ट्रपति सीका लागि राजनीतिक रूपमा महत्त्वपूर्ण वर्षमा असन्तुष्टिलाई शान्त पार्न कोभिड–१९ रणनीतिमा परिवर्तनको मागहरू दबाइएका छन् । सरकार नियन्त्रित सञ्चारमाध्यमले स्थिति सुधारको प्रचार गरिरहेका छन् ।

युरोपेली र अमेरिकी बहुराष्ट्रिय कम्पनीहरूले आफ्ना केही व्यवसायलाई चीनबाट बाहिर लैजाने उपायहरूबारे छलफल गरिरहेका छन् । राम्रो व्यापारको लागि चीनको ठूलो उपभोक्ता बजारमा निर्भर ठूला कम्पनीहरूले पनि खतराको घण्टी उठाएका छन् । एप्पलले लकडाउनका कारण यसको बिक्री ३० हजार करोडबाट ६० हजार करोड रुपैयाँसम्म घट्न सक्ने बताएको छ । कफी चेन स्टारबक्सका प्रमुख हावर्ड शुल्ट्ज भन्छन् । कम्पनी चीनमा आफ्नो व्यवसायको भविष्यको स्थितिमा टिप्पणी गर्न सक्ने स्थितिमा छैन ।
 

प्रतिक्रिया दिनुहोस