aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

भारतमा बैंकिङ फ्रडका घटना कम हुँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०२ जेठ २०७९
भारतमा बैंकिङ फ्रडका घटना कम हुँदै

एजेन्सी । भारतीय वित्तीय संस्थाहरुमा गत आर्थिक वर्ष ठगीमा उल्लेख्य कमी आएको छ । ठगीका घटनामा खासै कमी नआए पनि यसको मात्रा आधाभन्दा बढीले घटेको बताइएको छ । रिजर्व बैंक (आरबीआई)ले आरटीआईको जवाफमा बैंकिङ ठगीको तथ्याङ्कको बारेमा जानकारी दिएको छ। 

 रिजर्व बैंकले मार्च २०२२ मा समाप्त भएको आर्थिक वर्षमा सार्वजनिक क्षेत्रको बैंकहरूले ८१,९२१.५४ करोड रुपैयाँ भारुको ठगी भएको रिपोर्ट गरेका थिए । तर, ठगीका घटनाका अनुसार भने त्यस्तो तीव्र गिरावट आएको छैन । आर्थिक वर्ष २०७५र०७६ मा ९,९३३ ठगीका घटनाहरू परेका थिए । जुन आव २०७४र७५ मा ७,९४० मा झरेका छन ।

रिजर्व बैंकको तथ्याङ्क अनुसार, पञ्जाब नेशनल बैंकले सबैभन्दा बढी ९,५२८.९५ करोड रुपैयाँ भारुको ठगी गरेको थिए ।  गत आर्थिक वर्षमा पञ्जाव नेसनल बैंकसँग ४३१ ठगीका घटनाहरू रिपोर्ट गरिएका थिए। देशको सबैभन्दा ठूलो बैंक एसबीआईसँग यस अवधिमा ४ हजार १९२ मुद्दामा ६,९३२.३७ करोड रुपैयाँ भारुको ठगी भएको छ । पञ्जाव बैंकसँग ठगीका घटनाहरू धेरै छन् । 

प्रतिक्रिया दिनुहोस