aarthiknews.com शुक्रबार, ३१ जेठ २०८२   Friday, 13 June, 2025
 

मतगणना अर्को दुई सातासम्म पनि नसकिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०३ जेठ २०७९
मतगणना अर्को दुई सातासम्म पनि नसकिने

काठमाडौं । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले पर्सि बिहीबारसम्म सकिने भनेको मतगणना कम्तीमा अर्को दुई सातासम्म नसकिने भएको छ। उनले निर्वाचन सकिएलगत्तै गरेको दाबीमा जेठ ५ गतेसम्म निर्वाचनको परिणाम आइसक्छ भनेका थिए ।

मतगणना यही गतिमा जाने हो भने अझै पूर्ण रूपमा मत परिणाम आउन काठमाडौँ महानगरपालिकालाई एक महिना नै नलाग्ला भन्न सकिन्न। काठमाडौँ महानगरपालिकाको ३२ वडामा कुल मतदाता ३ लाख २ सय ४२ रहेकोमा ६३ प्रतिशत मत खसेको छ।

हाल काठमाडौँका ६ वटा वडाको मतगणना भइरहेकोमा एउटा वडाको मात्र सम्पन्न भएको छ । २०७४ को मतगणनामा काठमाडौँ महानगरपालिकालाई मतगणना पूरा गर्न १४ दिन लागेको थियो। तर, यसपालिको मतगणना जनशक्तिको अभाव देखाउँदै देशैभरि सुस्त गतिमा चलेको छ। नेपाल समाचारपत्र दैनिक

प्रतिक्रिया दिनुहोस