aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

युक्रेनको जवाफी हमलाका कारण रुसी सेनाहरु सीमा छाड्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०३ जेठ २०७९
युक्रेनको जवाफी हमलाका कारण रुसी सेनाहरु सीमा छाड्दै

एजेन्सी । युक्रेन र रुसबीचको युद्ध भएको ८० दिनभन्दा बढी भइसकेको छ । युक्रेनले गरेको जवाफी हमलाको बीचमा रुसी सेनाहरु वरपरको क्षेत्रबाट फिर्ता भईरहेका छन् । यसैबीच युक्रेनी सैनिकको एउटा भिडियो भाइरल भइरहेको छ । यसमा उनी रुसको सिमानामा उभिएर आफ्ना राष्ट्रपतिलाई हामी यहाँ पुगेका छौं भनी बताइरहेका छन् । यो भिडियोलाई मानिसहरुले निकै मन पराइरहेका छन् ।

अस्ट्रियाका लागि युक्रेनका पूर्व राजदूत ओलेक्जेन्डर शेर्बाले यो भिडियो ट्विटरमा सेयर गरेका छन् । युक्रेनी सैनिक युक्रेन–रुस सीमामा पुगेर उत्साहित देखिएका छन् । शेर्बाले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीका लागि क्याप्शनमा लेखेका छन्, ‘श्रीमान राष्ट्रपति हामी दुश्मन राष्ट्रसँग युक्रेनको राज्य सीमामा पुगेका छौं । अध्यक्ष महोदय, हामीले बनायौं। युक्रेन को जय होस् ।  सिपाहीहरुको जय होस् ।’

प्रतिक्रिया दिनुहोस