aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

जापानमा शक्तिशाली भूकम्पको धक्का

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०३ जेठ २०७९
जापानमा शक्तिशाली भूकम्पको धक्का

हङ्कङ  । जापानमा ५.६ म्याग्निच्युडको भूकम्प गएको छ । देशको कत्सुरा भन्ने ठाउँमा मङ्गलबार भूकम्प गएको अधिकारीहरूले जनाएका छन् ।
 
“ग्रिनविच मिनटाइम” (जीएमटी) अनुसार बिहान बजेर ४ मिनेट ५३ सेकेण्ड जाँदा भूकम्प आएको अमेरिकी भूगर्भ विभागले जनाएको छ ।जमिनको सतहबाट १० किलोमिटर गहिराइमा भूकम्पको केन्द्रविन्दु रहेको थियो । भूकम्पका कारण कुनै क्षति भएको विवरण प्राप्त नभएको अधिकारीहरूले जनाएका छन् । 

जापानमा बेला बेलामा साना ठूला सयौँ भूकम्प जाने गरेका छन् भने जापानले निर्माण गरेको बलियो भौतिक संरचनाका कारण यहाँ विरलै ठूलो मानवीय क्षति हुने गर्छ ।  यद्यपि भूकम्पपछिको सुनामीका कारण जापानमा भूकम्पका कारण हुने क्षति बढी खतरनाक मानिन्छ । सिन्ह्वा

प्रतिक्रिया दिनुहोस